आइतबार, जेठ ११, २०८२

एक युवाको समुह राहत लिएर सिन्धुपालचोक पुग्यो

मेरोन्यूज २०७८ असार ६ गते ११:४३

सिन्धुपालचौक । गत मंगलबार सिन्धुपालचोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढी प्रभावितहरुलाई सहयोग गर्न एक युवाको समुह राहत लिएर सिन्धुपालचोक पुगेको छ । वीरगंज का युवा अभियन्ता दिलपाल साह सहजयोगीले काठमाडौंका युवाहरूको एक समुहसंग समन्वय गरि औषधि र अन्य स्वास्थ्य सामाग्री तथा खाद्यन्य लिएर सिन्धुपालचोक पुगेका हुन् ।

निता फाउन्डेसन, फुड बैंक, नवजिवन परोपकारी संस्थाको संयुक्त पहल र सम्नवयमा ८०००० मुल्य बराबरको औषधि, ३८००० मुल्य बराबरको टर्च लाईट, स्नीटरी प्याड, मास्क सेनिटाईजर, लत्ता कपडा , पिपिई , टेण्ट, त्रिपाल, डस्ना, बल्यागंकेट लगायतका सामानहरू मेल्मची र हेलम्बु वितरण गर्न मेल्मची आर्मी व्यारकमा जिम्मा लगाएको युवा अभियन्ता सहजयोगीले जानकारी दिए ।

उक्त बाढीले कैयौं जना बेपत्ता भएको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगाएको छ ।
यसैगरी,नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल, क्रसरहरु बगाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ । यस बिशेष अभियानलाई राधे खड्का, निरा राउत, अवध किशोर, बिदुर खड्का, लभकुश लगायतका युवा समुहले अगाडी बढाएका छन् ।

प्रतिक्रिया