एक युवाको समुह राहत लिएर सिन्धुपालचोक पुग्यो

सिन्धुपालचौक । गत मंगलबार सिन्धुपालचोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढी प्रभावितहरुलाई सहयोग गर्न एक युवाको समुह राहत लिएर सिन्धुपालचोक पुगेको छ । वीरगंज का युवा अभियन्ता दिलपाल साह सहजयोगीले काठमाडौंका युवाहरूको एक समुहसंग समन्वय गरि औषधि र अन्य स्वास्थ्य सामाग्री तथा खाद्यन्य लिएर सिन्धुपालचोक पुगेका हुन् ।
निता फाउन्डेसन, फुड बैंक, नवजिवन परोपकारी संस्थाको संयुक्त पहल र सम्नवयमा ८०००० मुल्य बराबरको औषधि, ३८००० मुल्य बराबरको टर्च लाईट, स्नीटरी प्याड, मास्क सेनिटाईजर, लत्ता कपडा , पिपिई , टेण्ट, त्रिपाल, डस्ना, बल्यागंकेट लगायतका सामानहरू मेल्मची र हेलम्बु वितरण गर्न मेल्मची आर्मी व्यारकमा जिम्मा लगाएको युवा अभियन्ता सहजयोगीले जानकारी दिए ।
उक्त बाढीले कैयौं जना बेपत्ता भएको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगाएको छ ।
यसैगरी,नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल, क्रसरहरु बगाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ । यस बिशेष अभियानलाई राधे खड्का, निरा राउत, अवध किशोर, बिदुर खड्का, लभकुश लगायतका युवा समुहले अगाडी बढाएका छन् ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया