लगातारको वर्षाले एक पक्की घर भत्कियो
मेरोन्यूज
२०७८ असार ६ गते १२:००

डोटी । लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमीन भासिएपछि घर भत्किएको हो । घर भत्किए पनि मानवीय तथा चौपाया क्षति नभएको उहाँले जानकारी दिनुभयो । छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक रामदत्त पन्तका नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयवासीले उद्धार गरेका छन् । जिल्लामा अहिले पनि वर्षात भइरहेको छ । वर्षाका कारण यहाँका विभिन्न ठाउँमा पहिरा आउँदा सडकसमेत अवरुद्ध भएका छन् । रासस
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया