सुनको मूल्यमा भारी गिरावट
मेरोन्यूज
२०७८ असार ७ गते १३:४९

काठमाडौँ । सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ एक तोलाको ९० हजार ४०० तोकिएको छ । असार १ गते प्रतितोला ९३ हजार २०० रुपैयाँमा कायम भएको मूल्य आज सोमबारसम्म २८ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ तोकिएको छ । असार १ गते तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम रहेको थियो ।
यस्तै, असार १ गते प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य एक हजार २९५ रुपैयाँ कायम भएको छ ।
गत वैशाख १५ गतेदेखि बन्द भएको सुनचाँदीको पसल भोलि मंगलबारदेखि सञ्चालनमा आउने भएको छ । हिजो आइतबार उपत्यकाको तीन प्रमुख जिल्ला अधिकारीको बैठकले आइतबार, मंगलबार र बिहीबार पसल खोल्न दिने निर्णय गरेको हो ।
सम्बन्धित

















निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया