युरोकपमा आज समूह डी का दुई खेल हुँदै
इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने

काठमाडौं । युरोपका विभिन्न ११ शहरमा आयोजना भईरहेको १६औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् ।
युरोकपको समूह चरण अन्तर्गत आज राति समूह डी का इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् । इंग्ल्यान्डले वेम्बली स्टेडियममा चेक रिपब्लिकसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
आज इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ । २ खेलमा ४ अंक जोडेको इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा छ ।
इंग्ल्यान्डलाई बराबरीको नतिजाले समेत अन्तिम १६ मा पुर्याउने छ । तर, पराजित भएको खण्डमा अन्य टिमको नतिजामा निर्भर रहनुपर्ने छ ।
पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । चेल रिपब्लिक २ खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । बराबरले समेत चेक रिपब्लिक अर्को चरणको यात्रा तय गर्नेछ ।
पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
यसै समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् ।
दुई टिमबीचको खेल पनि नेपाली समउ अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । हाम्पडेन पार्कमा दुबै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छन् ।
यस समूहमा क्रोएसिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा इंग्ल्यान्डसँग १–० ले पराजित क्रोएसिया दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
स्कटल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा छ । पहिलो खेलमा चेक रिपब्लिकसँग २–० ले पराजित स्कटल्याण्डले दोस्रो खेलमा इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो ।
यसअघि गएराती भएको खेलमा बेल्जियमले फिनल्याण्डलाई २–० ले, डेनमार्कले रसियालाई ४–१ ले, अष्ट्रियाले युक्रेनलाई १–० ले र नेदरल्याण्ड्सले मेसेडोनियालाई ३–० ले पराजित गरेका थिए ।












सांसदको उम्मेदवार नबन्ने कांग्रेस नेता दिलेन्द्र बडूको घोषणा
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया