सशस्त्रका डिआइजी श्रेष्ठको पदावधि थप अस्विकृत, भोलि नै घर फर्किदै

काठमाडौं । सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठले अवकास पाएका छन् । उनको पदावदी थप नभएपछि अवकास प्राएका हुन् । उनले भोलि अवकास पाएर घर फर्किदै छन् ।
हाल सशस्त्रको सुदूरपश्चिम प्रदेशको बाहिनी प्रमुख रहेका श्रेष्ठको चार वर्षे कार्यकाल यही असार ९ गते सकिनै लाग्दा पदावधि थपका लागि गृह मन्त्रालयलले मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो ।
गृह मन्यालयले उनको पदावदी थपका लागि सोमबार बसेको मन्त्रिपरिषद बैठकमामा सिफारीस गरेको थियो तर मन्त्रिपरिषदमा उनको पदावली थपबारे कुनै छलफल नै नभएको मन्त्रीपरिषद् स्रोतले मेरोन्युजलाई जानकारी दियो । उनको पदावधि मन्त्रिपरिषदले पास गरेमा एक वर्ष कार्यकाल थप हुने थियो ।
हालका सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल आगामी चैत्र २८ मा अनिवार्य अवकाशमा जाँदै छन् । त्यसपछि करिब एक महिनाका लागि हालका एआइजी पुष्पराम केसी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने छन् ।
केसीलगत्तै वरियताका आधारमा डिआइजी श्रेष्ठ एआइजी बन्ने थिए । यसअघि डिआइजीहरू खड्क राई र मन्दिप श्रेष्ठको समेत पदावधि एक वर्षका लागि थप गरिएको थियो । उनीहरू दुवै जनाको ५ वर्षे पदावधि आगामी माघमा सकिंदै छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया