तगातार दुई दिन घटेको नेप्से तेस्रो दिन उच्च अंकले वृद्धि

काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । मंगलबार नेप्से ७९ दशमलब ४४ अंकले बढेर २ हजार ९ सय १३ दशमलब ८४ बिन्दुमा पुगेको छ ।
कूल २ सय २५ कम्पनीको १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता शेयर खरिद विक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार भएकोमा अपि पावर कम्पनी, बरुण हाइड्रोपावर लगायत ३२ कम्पनीको सेयर मूल्यमा सकारात्मक देखिएको छ । मंगलबार सबै समूहको समूहगत सुचक बढेर हरियाली भएको छ ।
विकास बैंकको समुहगत सूचक सर्वाधिक बढी ५ दशमबल ७७ प्रतिशत बढेको छ भने हाईड्रोपावर समुहको ५ दशमलब ४७ प्रतिशतले बढेको स्टक एक्सचेञ्जको मापकले देखाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार यस्तै नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि १ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ बराबर र एचआइडिसीएलको ३२ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।














अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?
माघ ४ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
प्रतिक्रिया