डा सुदिप श्रेष्ठलाई ललितपुर महानगरपालिकाको सम्मान

काठमाडौं । ललितपुर महानगरपालिकाले नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठलाई सम्मान गरेको छ। महानगरपालिका प्रमुख चिरिबाबु महर्जन एवं उप प्रमुख श्रीमती गीता सत्यालज्यूको उपस्थितिमा श्रेष्ठलाई सम्मान गरेको हो ।
महर्जनले क्यान्सर निदान, उपचार र शोधमा डा श्रेष्ठले अतुलनिय योगदान पुर्याउनुभएको र डा श्रेष्ठले हालसालै पाउनुभएको कोबायाशी फ़ाउण्डेशन पुरस्कार यसै समर्पणको एक मुर्त रुप भएको बताए ।
ललितपुर महानगरपालिकाले वडाहरुका स्वास्थ्य केन्द्रहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा क्यान्सरको प्रारम्भिक निदानका लागि सुद्रिढिकरण गर्ने र स्थानीय निकायहरुको सहकार्यमा समुदायमा आधारित क्यान्सरका रोकथामका कार्यक्रमहरु संचालन गर्ने विषयमा पनि उक्त बैठकमा अधिकारीहरुसंग छलफल गरेका थिए ।
डा सुदिप श्रेष्ठज्यूले कोबायाशी क्यान्सर फ़ाउण्डेशन अवार्ड २०२० प्राप्त गर्नुभएको थियो। यो अवार्ड क्यान्सरका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने चिकित्सक एवं शोधकर्ताहरुलाई जापानको कोबायाशी फ़ाउण्डेशनद्वारा प्रदान गरिन्छ।
















मन्त्रीहरूको वरीयता हेरफेर, सुधन पुगे पाँचौँ नम्बरमा
एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया