विपक्षी गठबन्धनले संसद् विघटनविरुद्ध आजबाट आन्दोलन थाल्ने

काठमाडौं । पाँच दलीय विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको प्रतिगमनकारी निर्णयविरुद्धमा आजबाट भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार साँझ बसेको गठबन्धनको बैठकले कोरोना महामारी विस्तारै घट्न थालेको भन्दै सरकारका विरूद्ध आजबाट स्वास्थ्य मापदण्ड अपनाउँदै विरोध गर्ने निर्णय गरेको हो ।
बैठकले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गर्दै प्रतिगमनविरुद्ध जनपरिचालन गर्ने एक नेताले जानकारी दिए ।
उनका अनुसार बैठकले दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएको निष्कर्ष निकाल्दै स्वास्थ्य मादण्ड अपनाएर विरोधका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो । जनपरिचालनका कार्यक्रमअन्तर्गत बिहीबार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्ने उनको भनाइ छ ।
, ७ जेठमा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनलाई पनि सर्वोच्चले पुनर्स्थापित गरिदिने विश्वास लिएको छ ।
७ जेठको मध्यरातमा राष्ट्रपतिले संसद् विघटन गरी चुनावको मिति घोषणा गरेपछि विपक्षी गठबन्धन त्यसविरुद्ध रिट निवेदन लिएर अदालत गएको थियो ।
गठबन्धनले प्रतिनिधिसभाका एक सय ४६ जना सांसदलाई सशरीर अदालतमा उपस्थित गराएर संविधानको धारा ७६ (५) बमोजिम कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेको थियो ।
अहिले सर्वोच्चको संवैधानिक इजलासमा उक्त रिटमाथि अन्तिम सुनुवाइ चलिरहेको छ ।









माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
चुनावमा भाग लिने कांग्रेसको निर्णय
अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया