भरतपुर महानगरको बजेट : गौतमबुद्ध रङ्गशालाका लागि २ करोड विनियोजन (पूर्णपाठ)

भरतपुर । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको बजेट प्रस्तुत गरेको छ । भरतपुर महानगरपालिकाको नगर सभामा महानगरपालिकाका उप–मेयर पार्वती शाह ठकुरीले ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् ।
महानगरले आन्तरिक आयबाट १ अर्ब २० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, बैंक मौज्दातबाट १ अर्ब, मर्मत सम्भार कोषबाट ३ करोड, सडक बोर्डबाट ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट ३ करोड रहने महानगरपालिकाले बताएको छ ।
महानगरले आजै नगर सभामाबाट नीति तथा कार्यक्रम पारित गरेको छ । बजेटको मुख्य प्राथमिकताका क्षेत्रहरुमा सहरी पूर्वाधार विकास, कृषि,शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन पूर्वाधार, उद्योग तथा वाणिज्य, सूचना तथा प्रविधिसँगै युवा तथा खेलकुद क्षेत्रको विकास र निजी क्षेत्रको विकासको समेत लक्ष्य राखिएको उप–मेयर शाहले बताइन् ।
भरतपुर महानगरपालिकाले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि २ करोड बजेट छुट्याएको छ । साथै चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र अधुरो योजनाहरु समयमै सम्पन्न गर्न महानगरले एकमुष्ट ९८ करोड बजेट विनियोजन गरेको बताएको छ ।


















हरेक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरभित्रै : राष्ट्रसंघ
एमालेले दियाे सर्वोच्चमा रिट, प्रतिनिधि सभा पुनर्स्थापना र प्रधानमन्त्रीको नियुक्ति बदर गर्न माग
राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
चुनावमा भाग लिने कांग्रेसको निर्णय
प्रतिक्रिया