मुख्यमन्त्री शाहीलाई कालो झण्डा देखाउने तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कालीकोटमा कालो झण्डा देखाइएको छ । मुख्यमन्त्री शाहीलाई कालो झण्डा देखाएको अभियोगमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
स्थानीय तहको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम उद्घाटन गर्न कालीकोट पुगेका मुख्यमन्त्री शाहीलाई नेकपा (एमाले) अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
मुख्यमन्त्रीलाई झण्डा देखाएको भन्दै प्रहरीले धर्म शाही, ज्ञानेन्द्र शाही र मिनराज न्यौपानेलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक भुपेन्द्र शाहीले मेरोन्युजलाई बताए । उनले भने, ‘हामीले उहाँहरुलाई नियन्त्रणमा लिएका थियौ उहाहरुलाई छोडी सकेका छौ ।
बिहीबार मुख्यमन्त्री शाही र भूमि, कृषि तथा सहकारीमन्त्री कालीकोटको सदरमुकाम मान्मबाट नरहरिनाथ गाउँपालिकाको नीति तथा कार्यक्रम उद्घाटन गर्न जाँदा कालो झण्डा देखाइएको हो ।
















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया