मुख्यमन्त्री शाहीलाई कालो झण्डा देखाउने तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कालीकोटमा कालो झण्डा देखाइएको छ । मुख्यमन्त्री शाहीलाई कालो झण्डा देखाएको अभियोगमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
स्थानीय तहको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम उद्घाटन गर्न कालीकोट पुगेका मुख्यमन्त्री शाहीलाई नेकपा (एमाले) अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
मुख्यमन्त्रीलाई झण्डा देखाएको भन्दै प्रहरीले धर्म शाही, ज्ञानेन्द्र शाही र मिनराज न्यौपानेलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक भुपेन्द्र शाहीले मेरोन्युजलाई बताए । उनले भने, ‘हामीले उहाँहरुलाई नियन्त्रणमा लिएका थियौ उहाहरुलाई छोडी सकेका छौ ।
बिहीबार मुख्यमन्त्री शाही र भूमि, कृषि तथा सहकारीमन्त्री कालीकोटको सदरमुकाम मान्मबाट नरहरिनाथ गाउँपालिकाको नीति तथा कार्यक्रम उद्घाटन गर्न जाँदा कालो झण्डा देखाइएको हो ।









एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
प्रतिक्रिया