चालु आवकाे एघार महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात

काठमामडाैं । चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयात सगैँ निर्यातमा बृद्धि हुन थालेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको (साउदेखि जेठसम्म) तथ्याङ्कअनुसार यस अवधिमा रु एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो ।
गत वर्षको सोही अवधिमा रु ८८ अर्ब ३१ लाख बराबरको वस्तु निर्यात भएको थियो । यसैगरी एघार महिनामा रु १३ अर्ब ८३ अर्ब ३६ करोड ४९ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अबधिको तुलनामा २५ दशमलव ६७ प्रतिशतले आयातमा बृद्धि भएको छ ।
गत आवमा सोही अबधिमा रु एघार खर्ब ८१ करोड ३४ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो । जेठमा मात्रै रु एक खर्ब २९ अर्ब २५ करोड ४७ लाख रुपैयाँको आयात हुँदा रु १२ अर्ब ७७ करोड ४२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटा २४ दशमलव ६१ प्रतिशतले बृद्धि भएको छ ।
विभागको तथ्याङ्कअनुसार एघार महिनामा रु १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख बराबरको वैदेशिक व्यापार घाटा भएको छ । आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले रु दश खर्ब १२ अर्ब ८१ करोड ३ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो ।
गत वर्षको तुलनामा यस वर्ष २४.६१ प्रतिशतले व्यापार घाटा भएको हो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ९४ र निर्यातको हिस्सा ८ दशमलव ०६ प्रतिशत रहेको छ । आयातको हिस्सा मात्र ०.७१९ प्रतिशतले घटेको छ । चालु आवको सो अधिमा कूल वैदेशिक व्यापारमा बृद्धि भएको छ ।
एघार महिनाको अबधिमा रु पन्ध्र खर्ब ४ अर्ब ६१ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत आवको तुलनामा सोही अवधिमा रु एघार खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख बराबरको व्यापार भएको थियो । गत वर्षको तुलनामा यस वर्ष २६.५६ प्रतिशतले व्यापारमा वृद्धि भएको छ ।
सो अवधिमा नेपालमा सबैभन्दा बढी डिजेल, आइरन प्रोडक्ट (स्टिल), भटमासको तेल, मोबाइल फोन, ग्यास, पेट्रोल आयात भएको छ । यस्तै, भटमासको तेल, अलैंची, कार्पेट, चिया, जुटबाट बनेको कार्पेटलगायत वस्तु सबैभन्दा धेरै नेपालबाट निर्यात भएका छन् ।
















बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया