लागुऔषध मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
मेरोन्यूज
२०७८ असार ११ गते १०:५३

कञ्चनपुर । भीमदत्त–८ तिलाचौरका ४८ वर्षीय लागुऔषध चरेसका फरार प्रतिवादी भानी (भानदेव) भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
घर ठेगानामै लुकीछिपी बसेका बेला प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीका अनुसार पक्राउ परेका भट्टलाई जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यसैगरी लागुऔषध खैरो हिरोइन मुद्दामा वारदातमा संलग्न रही फरार रहेका दोधारा चाँदनी नगरपालिका–७ घर भई भीमदत्त–४ सब्जीमण्डी बस्ने ३२ वर्षीय बिजेन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
भीमदत्त–४ मा लुकीछिपी बसिरहेका बेला मल्ललाई पक्राउ गरिएको हो । पक्राउ परेका मल्ललाई अदालतमा पेश गरी म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री बालेन राष्ट्रिय सभामा उपस्थित हुने
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया