संसद विघटनविरुद्ध निवेदक पक्षको बहस सकिँदै
मेरोन्यूज
२०७८ असार ११ गते ११:५०

काठमाडौँ । संसद विघटनविरुद्ध परेको मुद्दामा आज शुक्रबार रिट निवेदक पक्षबाट बहस सकिँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासले पक्षका कानून व्यवसायीलाई बहस गर्न १२ घण्टाको समय दिएको हो । सो समया आज सकिँदैछ ।
यसअघि इजलासको पक्षबाट बुधबार र बिहीबार बहस भएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना पक्षका कानून व्यवसायीले बहस गरेका थिए ।
इजलासले निवेदक पक्षलाई बहस गर्न १२ घण्टाको समय उपलब्ध गराएको थियो । पक्षको बहस सकिएसँगै आगामी आइतबारदेखि विपक्षी अर्थात सरकारी पक्षका कानून व्यवसायीले बहस गर्ने छन् ।
विपक्षलाई बहस गर्न १५ घण्टा दिइएको छ । उनीहरूको बहस सकिएसँगै पुनः निवेदक पक्षले जवाफी बहस गर्नका लागि ३ घण्टा समय पाउनेछ ।
आज वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेलसहित २९ जनाले बहस गर्ने भएका छन् ।
सम्बन्धित
















मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया