प्रधानन्यायाधीशले सोधे : प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भन्ने ठाउँ कहाँ हो ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भन्ने ठाउँ कहाँ हो भनेर सोधेका छन् । उनले शेरबहादुर देउवातर्फका कानुन व्यवसायीलाई यस्तो प्रश्न गरेका हुन् ।
शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १४६ जना सदस्यले प्रतिनिधिसभा पुनस्र्थापना गर्नु पर्ने माग राख्दै रिट दायर गरेका थिए । सोही रिटमाथि बहस गर्न लयर्स पोडियममा उभिएका अधिवक्ता डा. दिनमणि पोखरेललाई प्रधानन्यायाधीश जबराले सोधे, ‘विश्वासको मत लिन्नँ भन्ने ठाउँ राष्ट्रपति कार्यालय हो कि संसद हो ? प्रोपर ठाउँ चाहिँ कहाँ हो ?’
जवाफमा अधिवक्ता डा. पोखरेलले केपी शर्मा ओलीले धारा ७६ (३)बाट उपधारा ५ जाने बाटो छाडिसकेको बताउँदै भने, ‘धारा ७६ (५)को कन्टेक्सटमा चाहिँ शेरबहादुरजीले बहुमत सदस्य लिएर जानुभयो, अब राष्ट्रपतिको भूमिका अवस्था हेर्ने होइन ।’
‘ओली जि विश्वासको मत लिन संसदमै जानु पर्थ्यो,’ पोखरेलले भने, ‘तर, उनले कपटपूर्ण भाषा प्रयोग गरी फेरि दाबी गर्न मिल्दैन ।’
















मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया