समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनरकर्जाको सुविधा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनरकर्जा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो ।
निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ ।
कूल १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनरकर्जा प्रदान गरिनेछ । अध्ययन समितिले १० मेगावाट भन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो । कोरोनाका कारणले समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ ।
केन्द्रीय बैंकले प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, रु पाँच करोडसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध लगराएको छ । उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ठ रुपमा प्रदान गरिन्छ ।
















आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड
विप्लवले चुनाव नलड्ने
Minister Gupta resigns
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया