एक्स्जाभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या, पुरिएको अवस्थामा फेला

काठमाडौँ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ । एक्स्जाभेटर (जेसिबी) चालकसँग विवाद भएपछि चालकले शुक्रबार राति जेसिबीको बकेटले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको हो ।
भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरीको स्तरोन्नति काम भइरहेको थियो । राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए । खाजा खाएर फर्किने क्रकिँदा करिब १० बजे वडाध्यक्ष श्रेष्ठ र चालक तामाङ विवाद हुँदा बकेटले हानेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
बकेटले हानेर लडाएपछि माटोले पुरेको एसपी राठौरले बताए । घटनाबारे जानकारी पाउनासाथ प्रहरीले जिल्ला अस्पताल मलंगवा पुर्याएसँगै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर ३ का ३५ वर्षीय दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका १ हजरियाका ३८ वर्षीय तामाङलाई प्रहरील्े नियन्त्रणमा लिएको छ ।















नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया