‘सरकारमा जो गए पनि हुन्छ, तर राष्ट्रियताको रक्षा हुनु पर्छ’

काठमाडौँ । विपक्षी गठबन्धन पक्षले पत्रकार सम्मेलन गरी अन्तक्रिया गरेको छ । अन्तक्रियामा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रधानमन्त्री केपी शर्मा ओली भारतको रणनीतिमा फसेको बताएका छन् ।
महासचिव भट्टले भारतको रणनीतिमा फसेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न पुगेको बताए । यस्तै, उनले नेपालको वर्तमान राजनीति अवस्था गम्भिर अवस्था पुगेकाले गठबन्धन पक्षमा आफ्नो पार्टी लागेको बताएका थिए ।
‘गण्डकी प्रदेशमा हामीले आफ्नौ पार्टीका सांसदलाई कारबाही गरौँ, उहाँले मतियारका पक्षमा काम गरे, पार्टीले कारबाही गरेका हौँ,’ महासचिव भट्टले भने, ‘हामीले सरकार जानका लागि गठबन्धमा लागेका होइनौँ, हामी गणतन्त्रको रक्षाका लागि लागेका हौँ ।’
गणतन्त्र र राष्ट्रिय स्वाधिनताका लागि सरकारमा जो गए पनि हुने उनले बताए । उनले भने, ‘राष्ट्रियताको रक्षाका लागि सरकारमा शेरबहादुर देउवा गए पनि भयो, माधव नेपाल गए पनि भयो, प्रचण्ड गए पनि भयो । तर, देशको हित हुन पर्यो ।’










कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको निधन
झापा कारागारका एक कैदीको मृत्यु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ आज काराेबार ?
धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया