सोमबार, वैशाख १४, २०८३

‘सरकारमा जो गए पनि हुन्छ, तर राष्ट्रियताको रक्षा हुनु पर्छ’

मेरोन्यूज २०७८ असार १२ गते १५:५१

काठमाडौँ । विपक्षी गठबन्धन पक्षले पत्रकार सम्मेलन गरी अन्तक्रिया गरेको छ । अन्तक्रियामा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रधानमन्त्री केपी शर्मा ओली भारतको रणनीतिमा फसेको बताएका छन् ।

Advertisement
NiccNicc

महासचिव भट्टले भारतको रणनीतिमा फसेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न पुगेको बताए । यस्तै, उनले नेपालको वर्तमान राजनीति अवस्था गम्भिर अवस्था पुगेकाले गठबन्धन पक्षमा आफ्नो पार्टी लागेको बताएका थिए ।

‘गण्डकी प्रदेशमा हामीले आफ्नौ पार्टीका सांसदलाई कारबाही गरौँ, उहाँले मतियारका पक्षमा काम गरे, पार्टीले कारबाही गरेका हौँ,’ महासचिव भट्टले भने, ‘हामीले सरकार जानका लागि गठबन्धमा लागेका होइनौँ, हामी गणतन्त्रको रक्षाका लागि लागेका हौँ ।’

गणतन्त्र र राष्ट्रिय स्वाधिनताका लागि सरकारमा जो गए पनि हुने उनले बताए । उनले भने, ‘राष्ट्रियताको रक्षाका लागि सरकारमा शेरबहादुर देउवा गए पनि भयो, माधव नेपाल गए पनि भयो, प्रचण्ड गए पनि भयो । तर, देशको हित हुन पर्यो ।’

प्रतिक्रिया