प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो : नेता नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी ओली प्रवृत्तिको विरोधमा आफूहरू एक ठाउँमा उभिएको बताएका छन् । ओली प्रवृतिको विरुद्धमा पार्टीभित्रै आफुहरुले विद्रोही आवाज उठाएको नेता नेपालको भनाई थियो ।
विपक्षी गठवन्धनले काठमाडौंमा शनिवार राजनीतिक विटमा कलम चलाउँदै आएका पत्रकारहरुसँग गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले ओलीलाई सत्ता वाहेक केही नचाहिएको वताए ।
‘उहा (ओली)लाई सत्ता भएपुग्छ, अरु केही चाहिदैन,’ नेता नेपालले भने,–‘ कसैले त्यो सत्ताको कुर्सीको बारेमा प्रश्न उठाएमा उहाँ त्यो कुर्सी नै भाचिदिन्छु सम्म भन्नुहुन्छ । यो खालको प्रवृति हो केपी ओली ।’
एमालेभित्रै पार्टी मिलाउन प्रधानमन्त्री बन्ने प्रस्ताव आए के गर्नुहुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा नेता नेपालले भने,–‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, तपाई भइहाल्नुस् । भन्ने सम्मको प्रस्ताव आईसकेको थियो । तर, माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा म छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’
उनले आफनो तन मन नै विपषी गठवन्धनतिरै रहेको पनि प्रष्टाए ।
‘मन उता, शरीर यता (गठबन्धन पक्ष) होइन, मन यता, शरीर पनि यतै छ,’ नेता नेपालले भने, –‘ संविधानको रक्षाका लागि, देश र जनताको भावनाको सम्बोधन गर्नु पर्ने पक्षमा हामी छौं ।’
अहिले आफ्नो कन्फिडेन्ट बढेको पनि नेता नेपालको भनाई थियो । ‘माधव नेपालको कन्फिडेन्ट बढेको छ, फेरि म धोका दिने मान्छे होइन, हाम्रो गठबन्धनले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई अगाडि सारेका छौँ, यो रहिरहने छ ।’









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया