देउवासँग विश्वासको मत लिन सक्ने आधार छ : अधिवक्ता भण्डारी

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवा हुँदै छ । निवेदक पक्षबाट बहस सुरु भएको छ । विपक्षी गठबन्धनको तर्फबाट बहस गर्दै संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता सविता भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत लिन सक्ने आधार हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त नगरेको बताइन् ।
उनले भनिन्, ‘प्रधानमन्त्री ओलीले पहिला ७६ (१) अनुसारको पिएम हुँदा विघटन गर्नुभयो । पुनःस्थापनापछि पनि दुई वा दुईभन्दा बढी दल मिलेर अर्को सरकार बनाउन नसक्दा ओली फेरि ३ अनुसार पिएम हुनुभयो । उहाँले विश्वासको मत नलिएर मार्ग प्रशस्त गर्नुभयो । राष्ट्रपतिले शेर बहादुर देउवालाई नियुक्त नगरेर बदनियत राख्नुभएको छ । १४९ जनाको हस्ताक्षर सहित जाँदा उहाँले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपथ्र्यो ।’
उनले देउवाले १४६ जनाको रिट निवेदन लिएर आएकाले उनीसँग विश्वासको मत लिन सक्ने आधार भएको भण्डारीले जिकिर गरिन् ।
भण्डारीले भनिन्, ‘प्रधानमन्त्री ओलीले एमालेको १२१ जना र जनता समाजवादी पार्टीका ३२ जनाको समर्थन लगेर राष्ट्रपतिकहाँ जसरी जाने अधिकार छैन् । ७६ (३) अनुसारको पिएमले विश्वासको मत नलिएपछि फेरी उहाँ जान पाउने अधिकार छैन । विश्वासको मत नपाएपछि केपी ओली अब प्रधानमन्त्रीबाट संविधान अनुसार मुक्त भैसकेको अवस्था हो ।’
उनले धारा ७६ को उपधारा ५ दलको लागि नभइ संसद सदस्यका लागि व्यवस्था गरिएको बताइन् ।















२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया