मंगलबार, चैत २४, २०८२

उपत्यकामा सार्वजनिक सवारी साधन चल्ने, यस्ता छन् निर्णयहरू

मेरोन्यूज २०७८ असार १४ गते १२:३०

काठमाडौँ । काठमाडौँ उपत्यका प्रशासनले जारी निषेधाज्ञा खुकुलो बनाउँदै थप एक साता लम्बिने भएको छ । सोमबार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ)को बैठकले सार्वजनिक सवारी साधान चल्ने गरी निषेधाज्ञा थप गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई खुकुलो बनाउने क्रममा जोर–बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन उपत्यकाभित्र संचालन गर्न दिने निर्णय भएको ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । भौतिक दूरी कायम गर्दै ती सवारी साधनलाई मंगलबारदेखि सञ्चालन गर्ने अनुमति दिइएको उनले बताए ।

ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने, बसमा सेनिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नु पर्ने मापदण्ड तोकिएको छ ।

यस्तै, बैठकले होटल, रेष्टुरेन्ट र होम डेलिभरी गर्न पाउने व्यवस्था गरिएको छ । होटलमा विवाह गर्न नपाउने, घरबाट विवाह गर्दा २५ जना सहभागी हुनु पाउने सिडिओ निरौलाले बताए ।

यसैगरी, मंगलबारदेखि काठमाडौँ उपत्यकामा किराना तथा खाद्यान्न पसलहरू दिनभर सञ्चालन गर्न पाउने भएको छ । बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

यसअघि बार तोकिएका पसलहरूलाई हरेक दिन खुल्न पाउने व्यवस्था गरिएको छ । ललितपुर सिडिओ निरौलाका अनुसार सर्तसहित पसलहरू सञ्चालन गर्न अनुमति दिने निर्णय भएको हो ।

प्रतिक्रिया