मलेसियामा हप्ताको ४ हवाई उडान हुने, ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट चाहिने
मेरोन्यूज
२०७८ असार १४ गते १५:११

काठमाडौँ । आगामी बिहीबार अर्थात जुलाईदेखि नेपाल र मलेसियाबीच हवाई उडान हुने भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएसँगै बन्द भएको हवाई उडान सुरु हुने भएको हो ।
गत असार ७ गते बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार हप्तामा ४ वटा उडान हुने भएको हो । जसमा हरेक हप्ताको शनिबार बिहान ४ः४५ बजे र बिहीबार बेलुका ६ः१५ बजे उडान हुनेछ ।
नेपालका तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान भर्ने छ । यस्तै, दुई उडान मलेसियाको वायु सेवा कम्पनीले गर्ने भएको छ ।
नेपालस्थित मलेसियाको राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार नेपाल आउने नेपालीले ७२ घण्टाभित्र गरेको पिसिआर रिपोर्ट आवश्यक हुनेछ । यसैगरी, सरकारले तोकेको होटलमा क्यारिण्टिन बस्नु पर्नेलगायतमा ध्यान दिन आग्रह गरेको छ ।

सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया