खोपमा अनियमिताकाे आशंकासँगै स्वास्थ्य मन्त्रालयकाे प्रष्टाेक्ति- खाेप वितरण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस रोकथाम र नियन्त्रणका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको छ । कोभिड–१९ विरुद्धको खोपमा नागरिकको पहुँचको अवस्था, खोप कार्यक्रमको प्रगति तथा समग्रमा यसको रोकथाम तयारी र चुनौती सम्बन्धमा जानकारी लिने उद्देश्यले आज छलफल गरिएको हो ।
आयोगका अध्यक्ष तपबहादुर मगरले पहिलो खोप लगाएका नागरिकलाई दोस्रो खोपको व्यवस्था मिलाउन, अग्रपंक्तिमा रहेर कार्य गर्नेहरुलाई खोपमा प्राथमिकता दिन निर्देशन दिए । उनले सबै नागरिकलाई खोप लगाउने कुराको सुनिश्चितता गर्नसमेत आग्रह गरे ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले कोभिड–१९ को दोस्रो लहर विश्वभरी नै तीव्र रुपमा फैलिरहेको र यसले मानिसको स्वास्थ्यमा जटिल समस्या ल्याइरहेको उल्लेख गर्दै खोप नहुँदा जोखिमको अवस्था कायमै रहेको बताए ।
उनले खोप आयातको लागि कूटनीतिक प्रयास जारी रहेकोले एक हप्तामा खोपको सहजता आउने बताए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले हालको तथ्याङ्क हेर्दा प्रदेश नं १, २ र वाग्मती प्रदेशमा अझै पनि जोखिम कायमै रहेको जानकारी दिए । स्वास्थ्यकर्मी, सरसफाइकर्मी एम्बुलेन्स चालक, सेवा प्रदायक संस्थाका कर्मचारीहरु, ज्येष्ठ नागरिक, अनाथालय, कैदीबन्दीलाई पहिलो प्रथमिकता, ६० वर्ष उमेर माथिकालाई दोस्रो र १५ देखि ५४ वर्ष सम्मकालाई तेश्रो प्राथमिकतामा राखिएको उनले बताए ।
स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य महाशाखाका प्रमुख डा झलक गौतमले खोपको उपलब्धता र प्राथमिकता बारे जानकारी गराए । विभागका परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले स्वास्थ्य सामग्री बिक्री वितरणमा कालो बजारी भएका विवरण प्राप्त भएको र यस सम्बन्धमा समिति गठन गरी अनुसन्धान भइरहेको बताए । उनले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका आधारमा नै कार्ययोजना बनाइ खोप वितरण गरिरहेको जानकारी दिए । रासस
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया