आज असार पन्ध्र अर्थात धान दिवस
मेरोन्यूज
२०७८ असार १५ गते ८:४४

काठमाडौं । आज असार पन्ध्र अर्थात धान दिवस, देशभर धान रोपेर मनाइँदैछ । हरेक वर्षको असार १५ गते धान रोप्नुका साथै दही चिउरा खाएर यो दिवस मनाउने गरिन्छ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।
सकरारले २०६१ साल मंसिर २९ गते आजको दिनमा राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि आजको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो ।
विशवभर फैलिएको कोरोना संक्रमणका कारण यो वर्ष औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।
सम्बन्धित
















राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया