शनिबार, मंसिर ६, २०८२

शंशाक कोइराला निवासमा पौडेल पक्षको बैठक जारी

मेरोन्यूज २०७८ असार १६ गते १८:०७

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक महामन्त्री डा.शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बैठक बसेको छ । दुई घण्टादेखि उक्त बैठक जारी रहेको शंशाक कोइरालाका स्वकिय सचिव भरत तिवारीले जानकारी दिए ।

उनका अनुसार क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान कसरी गर्ने विषयमा छलफल रहेको छ । छलफलमा डा. शेखर कोइराला,पूर्वमहामन्त्री प्रकाशमान सिंह,रामशरण महत ,अर्जुनसिंह केसी,बलबहादुर केसी,शितल गिरी, मिनेन्द्र रिजाल,दिलेन्द्र बडु,सितादेबी यादव,जीवन परियार,कल्याण गुरुङ् र प्रदिप पौडेल रहेका छन् ।

बिहिबार बस्ने पदाधिकारी बैठकमा क्रियाशील सदस्यता वितरणको विषयमा थप कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि आज छलफल भएको बताइएको छ ।

प्रतिक्रिया