भानुभक्त पुरस्कार नेपाल र असीम पुरस्कार मञ्जुश्रीलाई
काठमाडौं । यस वर्षको आदिकवि भानुभक्त पुरस्कार नेपाली वाङ्मयको संवद्र्धनमा पु¥याइएको विशिष्ट योगदानका निमित्त इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ । सो पुरस्कार यही असार २९ गते २०८ औँ भानुजयन्ती समारोहमा प्रदान गरिनेछ । पुरस्कारको राशि एक लाख २५ हजार रहने छ ।
त्यस्तै यस वर्षको गोपाल पाँडे असीम पुरस्कार विविध विधाका कृति सिर्जनाका साथै विभिन्न रचनात्मक क्रियाकलापद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने हरि मञ्जुश्रीलाई प्रदान गरिने भएको छ । सो पुरस्कार भने आगामी साउन ३२ गते परिषद्को ७१ औँ वार्षिकोत्सव समारोहमा प्रदान गरिनेछ । पुरस्कारको राशि ५० हजार रहने छ । अध्यक्ष रमा शर्माका सभापतित्वमा बसेको नेपाली शिक्षा परिषद्को प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो ।
परिषद्बाट आदिकवि पुरस्कार २०५२ र असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । साथै राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २०८ औँ जयन्तीका अवसरमा असार २९ गते बिहान भानु मावि रानीपोखरी अगाडि स्थापित भानुभक्तको प्रतिमामा माल्यार्पणको कार्यक्रम पनि रहेको सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिए ।















लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
कपिलवस्तुमा खोलामा डुबेर २ जनाको मृत्यु
रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया