आज पनि मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू–भाग नजिक मनसुनी न्युनचापीय रेखा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २ ,वागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यमदेखि भारि वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखी मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, वागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा तथा एक/दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा र एक/दुइ स्थानमा अति भारि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षासँगै नदीमा पानीको सतह बढ्ने तथा खोलामा बाढी आउने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
















सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया