सभामुख निवासमा प्रचण्ड-नेपालको भलाकुसरी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी बैठकमा सहभागी हुन वरिष्ठ नेता माधव नेपाललाई आफैले टेलिफोन गरेर आग्रह गरेपनि नेपाल पक्ष बैठकमा नजाने भएको छ । वरु नेपालले विपक्षी गठवन्धनका नेताहरुसँगको भेटघाट लाई भने रोकेका छैनन ।
उनले विपक्षी गठवन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँगको भेटवार्तालाई निरन्तरता दिईरहेका छन् । आजै विहान पनि झमझम पानी परिरहेका बेला सभामुख अग्नि सापकोटाको लैनचौरस्थित निवासमा प्रचण्ड, माधव नेपाल लगायत नेताहरुको जमघट भएको छ । त्यहाँ प्रचण्ड , नेपाल लगायत नेताहरुको भलाकुसरी भएको सभामुखको नीजि सचिवालय स्रोतले बताएको छ ।
बैठक केही बेर अगाडी मात्रै सकिएको छ ।
बैठकमा नेताहरुले समसामायिक राजनीति, संघीय संसदअन्र्तगतको राष्ट्रिय सभा बैठक शुरु भएको विषय र एमालेभित्रको आन्तरिक राजनीतिका विषयमा केन्द्रीत रहेर कुराकानी भएको बताईएको छ ।
ओलीले पार्टी वैठक अगाडी भने माधव नेपालसँग भेटवार्ता नै गर्न चाहेका छन् । एमाले बैठक अहिले केही वेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको छ । बैठकमा सहभागी हुन यस अगाडी मौन बस्दै आएका उपाध्यक्ष बामदेव गौतम भने वालुवाटार पुगिसकेका छन् ।
नेपाललाई पनि ओलीले चित्त नवुझेका कुरा बैठकमै आएर राख्न आग्रह गरेका थिए । तर नेपालले भने शीर्ष तहमा सम्वाद हुनुपर्ने र सवै विषयमा प्याकेज सहमति पहिले गर्नुपर्ने बताउादै आएका छन् ।
सोही कारण वैठक अगाडी नै पनि दुई नेतावीच भेटको प्रयास गराउन दुवै तर्फका युवा नेताहरु जुटिरहेका बेला नेपाल भने प्रचण्डसाग सभामुख निवास पुगेर भेटवार्ता सकेर निस्किएका हुन् ।
















सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया