आइपिओ खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन् । आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको हो ।
क्यापिटलका अनुसार उक्त आवेदनबाट एक करोड ३३ लाख ४७ हजार २२० कित्ता शेयर माग भएको छ । जुन संस्थाले सर्वसाधारणका लागि माग गरेको भन्दा ३९.६७ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको हो । बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपिओमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । तीन करोड ८९ लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिए ।
उनका अनुसार प्रतिकित्ता १०० अंकित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । शेयर इच्छुक लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको शेयर जारी गर्न स्वीकृति दिएको थियो । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै शेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो । शेयर निष्काशन गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउछ ।
सो रेटिङ्गको अवधि जारी मितिबाट एक वर्षसम्म हुने छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप ९सफ्टवेयर० मार्फत समेत आइपिओमा आवेदन दिन सकिने छ । रासस









जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया