लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्रीले दिइन् राजीनामा
मेरोन्यूज
२०७८ असार १८ गते १४:०९

काठमाडौँ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टीबाट मन्त्री बनेका उनले आजको मितिदेखि लागु हुने गरी पदबाट राजीनामा दिएकी हुन् ।
उनले विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएकी हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी, नेपाल तपाईको नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकोले मैले तपाईको सरकारमा पार्टीको समर्थन र सहयोगबिना यस प्रदेशको सरकारमा रही निरन्तरता नि नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’

सम्बन्धित















Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया