युरोकप क्वाटरफाइनल : बेल्जियम र इटलीमा कस्ले मार्ला बाजी ?

काठमाडौँ । जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरू सुरू हुँदैछ । क्वाटरफाइनलको पहिलो खेल स्पेन र स्वीट्जरल्याण्ड तथा बेल्जियम र इटलीको खेल हुने भएको हो ।
आज हुने पहिलो खेल ९ः४५ बजे रुसको पेरिसमा स्पेन र स्वीट्जरल्याण्ड भिड्दै छ भने राति १२ः४५ बजे जर्मनीको म्युनिकमा बेल्जियम र इटली प्रतिस्पर्धा गर्ने छन् ।
फुटबलको आधिकारिक निकाय फिफा वरियतामा पहिलो नम्बरको टिम बेल्जियमले जारी युरोकपमा कुनै खेलमा पराजित बन्न सकेको छैन । यस्तै, इटलीले पनि अपराजित यात्रा गरिरहेको छ । यी दुवै देश एकअर्कामा आफ्नो कीर्तिमानी गुमाउन नचाहेको अवस्था छ । जसले गर्दा खेल उत्साहित हुने देखिन्छ ।
इटलीले अस्ट्रियालाई राउण्ड अफ १६ को खेलमा अतिरिक्त समयमा हराएर क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । फेडरिको चिएसा र म्यात्तिओ पेसिनाको गोलको सहायतामा इटली क्वार्टरफाइनल पुगेको हो ।
यस्तै, राउण्ड अफ १६ मा थोर्गान हजार्डको गोलका साथ बेल्जियमले पोर्चुगललाई हराएको थियो । तर, थोर्गानका दाइ इडन हजार्ड र टिमका अर्का प्रतिभाशाली खेलाडी केभिन डिब्रुइना घाइते भएकाले बेल्जियम चिन्तित देखिन्छन् । बेल्जियमका लागि डिब्रुइना र इडन हजार्ड शुरूवाती टोलीमा नरहने अनि सब्स्टिच्युटका रूपमा आउने सम्भावना छ । तर, अन्य खेलाडीहरू उच्च फर्ममा छन् ।
डिफेन्समा पहिलेदेखि नै बलियो टिमका रुपमा स्थापित इटलीले यस प्रतियोगितामा ९ गोल गरिसकेको छ । इटलीको कुरा गर्दा अघिल्लो खेलमा गोल गरेका पेसिना र म्यानुएल लोकातेलीलाई शुरूवाती लाइनअपमा राख्ने कि सब्स्टिच्युटका रूपमा ल्याउने भन्ने विकल्प छ । मार्को भेरात्तीले उम्दा प्रदर्शन गरिरहेका छन् । अनि पाका कप्तान जर्जिओ चिलेनी पनि चोटबाट मुक्त भएका छन् ।
यो खेल कसले जित्ला भन्न कठिन छ । खेलको कुनै क्षणमा एउटा खेलाडीले गरेको उत्कृष्ट प्रदर्शनले परिणाम सुनिश्चित गर्ने देखिन्छ । तर, बेल्जियमका प्रमुख खेलाडी घाइते हुनु र इटलीको आक्रमण शैली उच्च स्तरीय भएकाले खेलमा इटलीको सम्भावना बढी हो कि जस्तो देखिन्छ । एजेन्सी

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।
















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
प्रतिक्रिया