युरोकप क्वाटरफाइनल : बेल्जियम र इटलीमा कस्ले मार्ला बाजी ?

काठमाडौँ । जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरू सुरू हुँदैछ । क्वाटरफाइनलको पहिलो खेल स्पेन र स्वीट्जरल्याण्ड तथा बेल्जियम र इटलीको खेल हुने भएको हो ।
आज हुने पहिलो खेल ९ः४५ बजे रुसको पेरिसमा स्पेन र स्वीट्जरल्याण्ड भिड्दै छ भने राति १२ः४५ बजे जर्मनीको म्युनिकमा बेल्जियम र इटली प्रतिस्पर्धा गर्ने छन् ।
फुटबलको आधिकारिक निकाय फिफा वरियतामा पहिलो नम्बरको टिम बेल्जियमले जारी युरोकपमा कुनै खेलमा पराजित बन्न सकेको छैन । यस्तै, इटलीले पनि अपराजित यात्रा गरिरहेको छ । यी दुवै देश एकअर्कामा आफ्नो कीर्तिमानी गुमाउन नचाहेको अवस्था छ । जसले गर्दा खेल उत्साहित हुने देखिन्छ ।
इटलीले अस्ट्रियालाई राउण्ड अफ १६ को खेलमा अतिरिक्त समयमा हराएर क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । फेडरिको चिएसा र म्यात्तिओ पेसिनाको गोलको सहायतामा इटली क्वार्टरफाइनल पुगेको हो ।
यस्तै, राउण्ड अफ १६ मा थोर्गान हजार्डको गोलका साथ बेल्जियमले पोर्चुगललाई हराएको थियो । तर, थोर्गानका दाइ इडन हजार्ड र टिमका अर्का प्रतिभाशाली खेलाडी केभिन डिब्रुइना घाइते भएकाले बेल्जियम चिन्तित देखिन्छन् । बेल्जियमका लागि डिब्रुइना र इडन हजार्ड शुरूवाती टोलीमा नरहने अनि सब्स्टिच्युटका रूपमा आउने सम्भावना छ । तर, अन्य खेलाडीहरू उच्च फर्ममा छन् ।
डिफेन्समा पहिलेदेखि नै बलियो टिमका रुपमा स्थापित इटलीले यस प्रतियोगितामा ९ गोल गरिसकेको छ । इटलीको कुरा गर्दा अघिल्लो खेलमा गोल गरेका पेसिना र म्यानुएल लोकातेलीलाई शुरूवाती लाइनअपमा राख्ने कि सब्स्टिच्युटका रूपमा ल्याउने भन्ने विकल्प छ । मार्को भेरात्तीले उम्दा प्रदर्शन गरिरहेका छन् । अनि पाका कप्तान जर्जिओ चिलेनी पनि चोटबाट मुक्त भएका छन् ।
यो खेल कसले जित्ला भन्न कठिन छ । खेलको कुनै क्षणमा एउटा खेलाडीले गरेको उत्कृष्ट प्रदर्शनले परिणाम सुनिश्चित गर्ने देखिन्छ । तर, बेल्जियमका प्रमुख खेलाडी घाइते हुनु र इटलीको आक्रमण शैली उच्च स्तरीय भएकाले खेलमा इटलीको सम्भावना बढी हो कि जस्तो देखिन्छ । एजेन्सी

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।













पुरानै विधानअनुसार कांग्रेसको कार्यसमिति चयन हुने
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया