देउवाले गरे आफूनिकट नेतासँग वार्ता, उपसभापति निधि सहभागी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफू पक्षका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । उनले आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा छलफल गरेका हुन् ।
सभापति देउवाले शनिबार बिहान क्रियाशील छानविन समितिका सदस्य र शीर्ष नेतासँग छलफल गरेका हुन् । छलफलमा विपक्षी पक्षसँग भेटवार्तामा रहेका उपसभापति विमलेन्द्र निधिसहित विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महतसमेत सहभागी भएका थिए । यस्तै छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरू पनि छलफलमा सहभागी थिए ।
छलफलमा छानविन समितिका सदस्यहरूले सम्बन्धित क्षेत्रको क्रियाशील सदस्यताका देखिएको समस्याबारे बिफ्रिङ भएको थियो । कांग्रेसको करिब ५ सय वडामा क्रियाशील सदस्यतासम्बन्धी समस्या रहेको संयोजक लेखकले बताए ।
निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नु पर्ने भन्दै देउवाले क्रियाशील सदस्यता चाँडो टुंग्याउन निर्देशन दिएको एक नेताले जानकारी दिए ।
















उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया