विपक्षी गठबन्धनका विद्यार्थी संगठनले जलाए प्रधानमन्त्रीकाे पुत्ला (फाेटाे सहित)

काठमाडाैं । नेपाल कमर्श क्याम्पसमा आज पनि बिपक्षी गठबन्धनका संयुक्त विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । नेबिसंघ , माधव नेपाल समूहका अनेरास्ववियु , अखिल क्रान्तिकारीसहितका ५ विद्यार्थी संगठनले ओलीको असंवैधानिक कदमको विरुद्ध प्रदर्शन गरेकाे हुन्।

संसद् पुनर्स्थापना हुनुपर्ने, ओलीले राजीनामा दिनुपर्ने, पेट्रोलियम पदार्थसहित अन्य दैनिक उपभोग्य वस्तुको बढेको मूल्य फिर्ता हुनुपर्नेलगायत मागहरु विद्यार्थीले राखेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा माधव पक्षकाे अनेरास्ववियु कि महासचिव आरती लामा घाइते भएकी छिन् ।

यसैगरी नेपाल लाइभका फोटो पत्रकार निमेस राई समेत सामान्य घाइते भएका छन् । विरोध प्रदर्शनकै क्रममा नेबिसंघ कोटेश्वर बहुमुखी क्याम्पस इकाइले आजै जडिबुटी पुलमा प्रम ओलीको पुत्ला दहन गर्दै मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरुद्व नेबिसंघ सहितका विद्यार्थी संघठनले देशव्यापी विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।









जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया