विपक्षी गठबन्धनका विद्यार्थी संगठनले जलाए प्रधानमन्त्रीकाे पुत्ला (फाेटाे सहित)

काठमाडाैं । नेपाल कमर्श क्याम्पसमा आज पनि बिपक्षी गठबन्धनका संयुक्त विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । नेबिसंघ , माधव नेपाल समूहका अनेरास्ववियु , अखिल क्रान्तिकारीसहितका ५ विद्यार्थी संगठनले ओलीको असंवैधानिक कदमको विरुद्ध प्रदर्शन गरेकाे हुन्।

संसद् पुनर्स्थापना हुनुपर्ने, ओलीले राजीनामा दिनुपर्ने, पेट्रोलियम पदार्थसहित अन्य दैनिक उपभोग्य वस्तुको बढेको मूल्य फिर्ता हुनुपर्नेलगायत मागहरु विद्यार्थीले राखेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा माधव पक्षकाे अनेरास्ववियु कि महासचिव आरती लामा घाइते भएकी छिन् ।

यसैगरी नेपाल लाइभका फोटो पत्रकार निमेस राई समेत सामान्य घाइते भएका छन् । विरोध प्रदर्शनकै क्रममा नेबिसंघ कोटेश्वर बहुमुखी क्याम्पस इकाइले आजै जडिबुटी पुलमा प्रम ओलीको पुत्ला दहन गर्दै मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरुद्व नेबिसंघ सहितका विद्यार्थी संघठनले देशव्यापी विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।









जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया