नेपालगञ्ज उपमहानगरपालिकाको एक अर्ब ५४ करोड बजेट पारित
मेरोन्यूज
२०७८ असार २१ गते २०:००

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नवौं नगरसभाले आर्थिक २०७८/०७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख बजेट पारित गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले यही असार १० गते नवौं नगरसभामा प्रस्तुत गर्नुभएको वजेट आज बसेको नगरसभाको बैठकले पारित गरेको हो ।
नगरसभाले कन्या कलेज सञ्चालनका लागि विनियमावली पारित गरेको छ । त्यस्तै फुल्टेक्रास्थित नेपाली सेनाको फिए रहेको स्थानमा खेलकूद एकेडेमी निर्माणको प्रस्ताव पनि पारित गरेको छ । यो प्रस्ताव सैनिक नेतृत्वसँगको आपसी समन्वयका आधारमा पारित गरिएको बताइएको छ । नगरसभाले कर्मचारीको वृत्ति विकासलगायत निर्णय पनि पारित गरेको छ ।
नगरसभामा सुशासन समितिका संयोजक नरवहादुर विष्ट र साझेदारी विकास कार्यदलका संयोजक तथा कार्यपालिका सदस्य कौशलकुमार धोवीले प्रस्तुत गरेका ती प्रतिवेदन नगरसभाले पारित गरेको हो ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया