इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो

जेरुसेलम । इजरायलमा चिनियाँ भाषाप्रतिको आकर्षण दिनप्रति दिन बढ्दै गइरहेको पाइएको छ । इजरायली शिक्षा मन्त्रालयसमेत विद्यार्थीहरुलाई चिनियाँ भाषा अध्ययनका लागि प्रेरित गर्ने गरेको जनाइएको छ ।
विश्व बजारमा चिनियाँ प्रभाव बढ्दै गइरहेकाले चिनियाँ भाषा उपयोगी र प्रभावकारी हुने देखिएकाले चिनियाँ भाषा सिक्न प्रेरित गर्ने गरिएको इजरायली अधिकारीहरुको भनाइ छ । इजरायलमा सन् २००९ बाट राष्ट्रिय पाठ्यक्रममा चिनियाँ भाषालाई समावेश गरिएको थियो । त्यसपछि लगातार यो पाठ्यक्रम लोकप्रिय हुदै गएको छ ।
इजरायलको शिक्षा मन्त्रालय अन्तर्गतको चिनियाँ भाषा अध्यापन प्रमुख तामर कोहेन केहाटले सन् २००९ मा इजरायलका १० विद्यालयमा चिनियाँ भाषा अध्ययन गर्न पाइने व्यवस्था गरिएको जानकारी दिए । अहिले भने देशभरका प्राथमिक, माध्यमिक र उच्च विद्यालय गरी ४० विद्यालयमा तीन हजार विद्यार्थीले अध्ययन गरिरहेको पनि उनले बताए ।
पछिल्लो दशक चीन र इजरायलबीचको सम्वन्ध पनि बलियो बन्दै गइरहेको छ भने त्यसको प्रत्यक्ष असर इजरायलमा चिनियाँ भाषा सिकाइमा पनि परेको छ । दुई देशका वीचमा पछिल्लो समय धेरै क्षेत्रमा सहकार्य र सहयोग आदान प्रदान भइरहेको कुटनीतिज्ञहरुले बताएका छन् ।















HoR election: 43 days to go for voting
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया