जसपाको आधिकारिकता कसलाई ? अध्यक्षहरू यादव र ठाकुरको आफ्नै दाबी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) विभाजनको अन्तिम अवस्थामा पुगेसँगै आधिकारिकताको विवाद टुंग्याउने निर्णयमा पुगेको छ । मंगलबार निर्वाचन आयोगमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच भएको छलफलसँगै पार्टी विभाजनको अन्तिम अवस्थामा पुगेको हो ।
अब निर्वाचन आयोगले दुई पक्षमध्ये एउटालाई आधिकारिकता दिनु पर्नेछ । यसअघि पार्टी अध्यक्ष यादवले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन आयोगमा पत्र बुझाएको थियो ।
सोही पत्रका आधारमा आयोगले आज दुवै पक्षलाई बोलाएर छलफल गराएको हो । तर कुनै सहमति हुन नसकेपछि विभाजनको अवस्थामा पुगेको हो ।
आयोगमा सम्पन्न छलफलमा निवेदक पक्षबाट उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र श्रेष्ठलगायतका नेताहरू सहभागी भएको थिए । यस्तै, अर्को पक्षबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरद सिंह भण्डारीलगायत नेताहरूको उपस्थिती रहेको थियो । आयोगले सहमतिका लागि गराएको छलफलमा सहमति हुन नसक्ने जनाएको थियो ।
छलफलमा यादवले पार्टीमा छुट्टाछुट्टै गतिविधि भएकाले मिल्न नसक्ने बताएका थिए भने ठाकुरले आफूहरूले उपेन्द्रको जोगाइदिए पनि बिर्सिएको गुनासो गरेका थिए । यादव पक्षले पार्टी एक हुन नसक्ने भन्दै आधिकारिकताबारे निर्णय गरिदिन आयोगलाई निवेदन पेश गरेको बताएका थिए ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया