एनआरएनए जापानको नागोया क्षेत्रीय समितीमा विवाद

काठमाडौँ । एनआरएनए जापानको १२ औँ क्षेत्रीय अधिवेसन समाप्त भएको छ । तर, नागोया क्षेत्रीय समितीमा विवाद देखिएको छ ।
नागोयाबाहेक सबै क्षेत्रमा सर्वसहमत नेतृत्व चयन सम्पन्न भएको हो । नागोयामा भने उम्मेदवारी दर्ता प्रक्रिया नियम संगत नभएको गंगा घर्तीमगरको संयोजकत्वमा प्रक्रिया पूरा नगरी समिति गठन भएको थियो । तर, निर्वाचन समितिले कार्य तालिकाअनुसार निर्वाचन गराउँदै मनोज बम मल्ललगायतको टिमलाई निर्वाचित घोषणा गरेसँगै विवाद थप चुलिएको हो ।
यतिबेला नायोमा दुई क्षेत्रीय समितिले आआफ्नै तरिकाले गतिविधी गरिरहेका छन् । ज्ञान र सिपका लागि पुगेका नेपालीहरू राजनीतिमा लाग्दै विवादमा आएको यो पहिलोपटक भने होइन् ।
आफ्नो नेतृत्वमा नागोया क्षेत्रीय समिति गठनपछि मेलम्चीका बाढी पीडितलाई राहत हस्तान्त्ररण गरिएको धर्ती मगरले बताएकी छन् । यसबाहेक आर्थिक अवस्था कमजोर भएकाहरूलाई सहयोग गरेको उनले बताइन् ।
त्यस्तै, मल्ल समूहले पनि मेलम्ची बाढी पीडितका लागि उप संयोजक कृष्ण गौतमको नेतृत्वमा राहत संकलन गरिरहेको छ । यसबाहेक केही सामाजिक कामहरू गरिरहेको यस समूहले जनाएको छ ।
दुवै समितिलाई मिलाएर अघि बढ्ने निर्णय हुँदै गर्दा अन्तिम समयमा केही व्यक्तिले भाँड्ने काम गरेको आरोप लाग्दै आएको छ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया