एनआरएनए जापानको नागोया क्षेत्रीय समितीमा विवाद

काठमाडौँ । एनआरएनए जापानको १२ औँ क्षेत्रीय अधिवेसन समाप्त भएको छ । तर, नागोया क्षेत्रीय समितीमा विवाद देखिएको छ ।
नागोयाबाहेक सबै क्षेत्रमा सर्वसहमत नेतृत्व चयन सम्पन्न भएको हो । नागोयामा भने उम्मेदवारी दर्ता प्रक्रिया नियम संगत नभएको गंगा घर्तीमगरको संयोजकत्वमा प्रक्रिया पूरा नगरी समिति गठन भएको थियो । तर, निर्वाचन समितिले कार्य तालिकाअनुसार निर्वाचन गराउँदै मनोज बम मल्ललगायतको टिमलाई निर्वाचित घोषणा गरेसँगै विवाद थप चुलिएको हो ।
यतिबेला नायोमा दुई क्षेत्रीय समितिले आआफ्नै तरिकाले गतिविधी गरिरहेका छन् । ज्ञान र सिपका लागि पुगेका नेपालीहरू राजनीतिमा लाग्दै विवादमा आएको यो पहिलोपटक भने होइन् ।
आफ्नो नेतृत्वमा नागोया क्षेत्रीय समिति गठनपछि मेलम्चीका बाढी पीडितलाई राहत हस्तान्त्ररण गरिएको धर्ती मगरले बताएकी छन् । यसबाहेक आर्थिक अवस्था कमजोर भएकाहरूलाई सहयोग गरेको उनले बताइन् ।
त्यस्तै, मल्ल समूहले पनि मेलम्ची बाढी पीडितका लागि उप संयोजक कृष्ण गौतमको नेतृत्वमा राहत संकलन गरिरहेको छ । यसबाहेक केही सामाजिक कामहरू गरिरहेको यस समूहले जनाएको छ ।
दुवै समितिलाई मिलाएर अघि बढ्ने निर्णय हुँदै गर्दा अन्तिम समयमा केही व्यक्तिले भाँड्ने काम गरेको आरोप लाग्दै आएको छ ।
















इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
प्रतिक्रिया