मेलम्ची बाढीपीडितलाई कांग्रेस नेता रायमाझीको पहलमा सहयोग

काठमाडौं । नेपाली कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीको पहलमा हेलम्बुका बाढी पीडितका लागि ५ लाख बराबरको सहयोग हस्तान्तरण गरिएको छ । आज हेलम्बुको गाउँपालिका पुगेर नेता रायमाझीले गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पालाई सहयोग हस्तान्तरण गरेका हुन् ।
सुन्दरहरैचा नगरपालिका, विराटचोक मोरङको सहयोगमा ३८ वटा टेन्ट उपलब्ध गराइएको छ । मेलम्चीमा आएको बाढीले घरवारविहीन भएकाहरूका लागि सो टेन्ट आवासको व्यवस्था सहज होस् भनेर हस्तान्तरण गरिएको नेता रायमाझीले जानकारी दिए । उनले मेलम्ची बाढीपीडितका लागि आवश्यक पहलकदमी सरकारले नलिएको भन्दै सो विषय राष्ट्रिय सभा बैठकमा उठाउने र थप सहयोगका लागि पहल गर्ने पनि बताए । हेलम्बुको दुखमा साथ दिएको भन्दै सिन्धुपाल्चोक कांग्रेसका युवा नेता प्रेमध्वज लामाले सुन्दरहरैचा नगरपालिका र नेता रायमाझी प्रति आभार व्यक्त गरे ।
















इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया