शनिबार, चैत २१, २०८२

बलिउड अभिनेता दिलिप कुमारको निधन

मेरोन्यूज २०७८ असार २३ गते ९:०४

काठमाडौं । भारतीय अभिनेता दिलिप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई हालै अस्पताल भर्ना गरिएको थियो।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् । उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन्।

प्रतिक्रिया