विज्ञापन बोर्ड गठनको विज्ञापन संघद्वारा आपत्ति

काठमाडौँ । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन बोर्डको गठन र गठन प्रक्रियाप्रति आपत्ति जनाएको छ । आनले विज्ञप्ति जारी गर्दै बोर्डको गठन सञ्चार बोर्ड जस्तो भएको भन्दै आपत्ति जनाएको हो ।
बोर्डले विज्ञापन व्यवसायलाई बेवास्ता गर्दै प्रत्यक्ष विज्ञापन प्रक्रियाले मारमा पारेको आनले आरोप लगाएको छ । विज्ञापन बोर्डमार्फत व्यवसायमा कुनै आशा र स्थान नै नरहेको आनको भनाई छ ।
आनले १५ वर्षदेखि राख्दै आएको मागलाई सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले संसदबाटै २०७६ साल कार्तिक ८ गते ‘विज्ञापन नियमन गर्न बनेको ऐन–२०७६’ मार्फत पूरा गरेकोमा खुसी व्यस्त गरेको थियो ।
यद्यपि, लोक कल्याणकारी विज्ञापनको शब्दमा टेकेर सबै सरकारी विज्ञापनहरूलाई एकद्वार प्रणालीमा ल्याउन ऐनमा नै विवादास्पद दफा खडा गरी पुनः विज्ञापन व्यवसायलाई भागबण्डा, मनोमानी प्रणालीतिर लैजान खोजेको आनले दोष देखाएको छ ।
बोर्डको गठन तथा पुनर्गठनमा व्यवसायका विज्ञ व्यक्तित्वलाई स्थान नदिएर संस्थागत प्रतिनिधित्वलाई मारमा पारेर कार्यकर्ता भर्ती केन्द्र मात्र बनाएको आनको आरोप छ ।
विज्ञापन बोर्ड गठनबाट विज्ञापन व्यवसायको प्रर्बद्धन, विकास, विस्तार र व्यवस्थित हुन्छ भन्नेमा विज्ञापन व्यवसायीहरूमा गम्भिर आशंका उत्पन्न भएको आनले जनाएको छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
प्रतिक्रिया