एमालेमा लागेको पूर्वमाओवादी नेताहरूले माओवादीविरुद्ध उजुरी दिँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी छाडेर नेकपा एमालेमा गएको भन्दै कारबाहीमा परेका नेताहरू निर्वाचन आयोगमा जाने भएका छन् । पूर्व माओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली माओवादीका अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दिन आयोग जाने भएको हो ।
पूर्व माओवादी टोलीले आज बुधबार आयोगमा आफूहरूमाथि भएको कारबाही फिर्ता गर्न माग गर्दै निवेदन दर्ता गर्न लागेका हुन् ।
‘प्रत्यक्ष निर्वाचित हामीलाई प्रचण्डले गरेको कारबाहीको कुनै वैधानिक छैन,’ पूर्व माओवादीका एक नेताले भने, ‘अवैधानिक रुपमा गरिएको कारबाही फिर्ता गर्न हाम्रो माग छ ।’
माओवादीबाट प्रत्यक्ष निर्वाचित भएका ५ नेताहरू तत्कालीन नेकपा विभाजन भएसँगै नेकपा एमालेमा पक्षमा लागेका थिए । एमालेभित्र चर्को विवाद उत्पन्न हुँदै गर्दा उनीहरू प्रचण्डलाई कारबाही गर्नु माग गर्दै आयोगमा जाने भएका हुन् ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया