माओवादी केन्द्रको खारेजीसहित १२ वटा आधारमा उजुरी दर्ता हुँदै

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ समूहले नेकपा माओवादी केन्द्रविरुद्ध उजुरी दर्ता गर्ने भएको छ । अधिवक्ता सरोज बुढाथोकीसँग छलफल गरी उनीहरूले माओवादी केन्द्रविरुद्ध उजुरी दिने भएको हो ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएसँगै एमालेमा लागेका पूर्व माओवादी केन्द्रका नेताहरू बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले उजुरी दिने भएको हो । उनीहरूले अधिवक्ता सरोज बुढाथोकीसँग छलफल गरी १२ वटा आधार देखाएर उजुरी दिने तयारी भएको हो ।
बर्सौंदेखि महाधिवेशन नभएको, पार्टी एकतापछि आयोगमा दर्ता नभएको भन्दै खारेजीसहित १२ वटा आधारमा निर्वाचन आयोगमा उजुरी दिने तयारी भएको हो ।
सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन नेकपाको एकता खारेज गरेसँगै प्रतिनिधिसभा सदस्यहरू रायमाझी, भट्ट, साह र चौधरी तथा राष्ट्रियसभा सदस्य थापा कारबाहीमा परेका थिए । सोही कारण उनीहरूको सांसद पद गुमेको थियो । अवैधानिक पार्टीको कारबाहीले आफूहरूको पद गएको भन्दै उनीहरूले उजुरी दिने भएको हो ।















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया