गाडी खुल्यो बसपार्क खुलेन, मारमा परे यात्रु

काठमाडौँ । उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायात पार्किङ हुँदै आएको पुरानो बसपार्क खाली गरेपछि बस चढ्न कहाँ जाने भनी यात्रु अलमलमा पर्ने गरेका छन् । रत्नपार्कबाट दक्षिणकाली जाने सवारी खोजिरहनु भएका रामसुन्दर पौडेलले टुँडिखेल दुई फन्को मार्दासमेत बस भेट्टाउन सकेनन्।
दुई महिनापछि असार १५ गतदेखि जोर बिजोर प्रणालीबाट काठमाडौँ उपत्यकामा सवारी चल्न थालेको थियो । असार २२ गते मङ्गलबारदेखि उपत्यकामा सबै सवारीसाधन सञ्चालन गर्न पाउने गरी खुला गरिए पनि बस खोज्न कहाँ जाने भनी अलमलमा पर्नु परेको भैँसीपाटी जाने सवारी कुर्नुभएकी रीता मगर सुनाउछन् ।
नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला करीब एक महिनाअघि खुलामञ्चको उत्तरी कुनामा निर्माण गरिएको बसपार्क खाली गरिएको थियो । खुलामञ्चमा बसपार्क बनाएर सम्पदा मास्न खोजेको भन्दै सम्पदा बचाउ अभियानलगायतले विरोध गर्दै आएका थिए । खुलामञ्चको बसपार्क खाली गरिएपछि हाल तालाबन्दी गरी राखिएको छ । बसपार्क बन्द गरेको सूचना नपाएका यात्रु त्यहाँ पुगेर तालाबन्दी गरिएको बसपार्क हेरेर सवारी खोज्दै भौँतारिने गरेका छन् ।
काठमाडौँ महानगरपालिका–२८ बागबजारस्थित पुरानो बसपार्क पाँच वर्षअघि भ्यूटावर बनाउन खाली गरिएपछि खुलामञ्चमा बस पार्किङ गरिँदै आएको थियो । भ्यू टावर निर्माण सम्पन्न भएपछि त्यसको भूइँ तलामा बसपार्क राख्ने सम्झौता महानगरपालिकाले गरेको छ । वडा नं २८ का अध्यक्ष भाइराम खड्गी बसपार्क हटाएपछि बस चढ्न कहाँ जाने भनी धेरै यात्रु वडा कार्यालयमै गुनासो गर्न आउन थालेको बताए । ।
छिटो बसपार्कको व्यवस्था मिलाउन महानगरका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई अनुरोध गरिएको उनले बताए । । महानगरको वातावरण विभागलाई पनि समस्या समाधानको पहल गर्न पत्राचार गरिएको वडा कार्यालयले जनाएको छ । बसपार्क नभएपछि हाल काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्लाका विभिन्न स्थानमा चल्ने सार्वजनिक यातायात टुँडिखेल घुमेर पुरानै मार्गबाट गन्तव्यमा जाने गरेका छन् ।
पुरानो बसपार्कबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका विभिन्न स्थानमा समेत सवारी आवतजावत हुँदै आएको थियो । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता सञ्जीव सर्वदास बसपार्क नभएका कारण सवारी नपाइएका सम्बन्धमा गुनासो भए यात्रुले १०३ नम्बरमा फोन गरेर जानकारी गराउन सक्ने बताए ।
यसरी गुनासो गरेपछि कहाँको सवारी कहाँ पाइन्छ भनी यात्रुलाई सहजीकरण गरिने गरिएको उनले सुनाए। मङ्गलबारदेखि यातायातमा कायम जोर बिजोर प्रणाली हटाइए पनि अझै अपेक्षाकृत सवारीसाधन सडकमा ननिस्किएको महाशाखाले जनाएको छ । महाशाखाले गएको २४ घण्टामा सडक नियम पालना नगर्ने एक हजार ८१६ सवारीलाई कारवाही गरेको छ ।
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया