हाइटीका राष्ट्रपतिको गोली हानी हत्या

काठमाडौं । अज्ञात बन्दुकधारीहरुको समुहले हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरेका छन् ।
फ्रान्सेली समाचार संस्था एएफपीले हैटीका अन्तरिम प्रधानमन्त्रीको कार्यालयलाई उघृत गर्दै पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा अज्ञात बन्दुकधारीले मोइसेको बुधबार गोली हानेर हत्या गरिएको जनाएको छ ।
बुधबार बिहानै स्पेनिस भाषा बोल्ने केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि उनको हत्या कसले गर्यो भन्ने खुलिसकेको छैन ।
मोइसे सन् २०१७ मा हाइटीको राष्ट्रपति बनेका थिए । देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग हुँदै आएको थियो ।
केही समयअघि मोइसेले नै आफ्नो हत्या प्रयास भएको तर सुरक्षा अधिकारीहरूले त्यसलाई विफल पारेको बताएका थिए ।















पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य
South Korean ex-PM Han gets 23 years jail for martial law role
चुनावी अभियानलाई स्मार्ट बनाउन एआई-आधारित ‘माईअभियान’ सार्वजनिक, के-के छन् सुविधा ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया