ओली-नेपाल वार्ता भएन सकारात्मक
माधव नेपालले पावर सेयरिङको एजेण्डा उठाउँदा ओलीको जवाफ-त्यस्तो हुँदैहुन्न

काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरुको चर्काे दवावपछि वुधबार साझ नक्सालस्थित मेरियट होटलमा वार्तामा बसेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालको वार्ता सकारात्मक हुन सकेन ।
दुई नेताकाबीच पार्टी सञ्चालन र सरकारको जिम्मेवारीका विषयमा केन्द्रीत रहेर कुराकानी भएपनि यी दुवै विषयमा दुवै नेताको अडान र वुझाइ फरक निस्केको नेताहरुको भनाइ छ ।
शुरुमा दुइ दिन यता कार्यदलस्तरमा भएको छलफल र निस्केका सहमतिका वुँदालाई नेताहरुले ओली र नेपाललाई विफ्रिङ गरेका थिए । त्यसपछि भने नमिलेको एक व्यक्ति एक पदको जिम्मेवारी सहित सरकार र पार्टी सञ्चालनका विषयमा केन्द्रीत रहेर ओली र नेपालले एक्लाएक्लै भेटवार्ता गरेका थिए ।
तर यो छलफलमा ओली र नेपालकाबीचमा कुरा नमिलेको स्रोतको भनाई छ ।
नेपालले ओलीसँग सरकार र पार्टी सञ्चालनमा पावर सेयरिङको विषय उठाएका थिए । तर त्यसमा ओलीले कुनै सम्वोधन गर्ने चाहेनन ।
नेपालसँग ओलीले यही सरकारको निरन्तरता र पार्टीमा पनि जेठ २ मा फर्किएको विषय मात्र उल्लेख गरेर जान सकिने धारणा राखेका थिए । तर नेपालले भने सरकार र पार्टीमा अब एक व्यक्ति एक मुख्य जिम्मेवारीको विषय सम्वोधन हुनुपर्ने बताएका थिए ।
नेता नेपालले मुलतः सांगठनिक र राजनीतिक विषयमा पावर सेयरिङको कुरा उठाएका थिए । तर ओलीले त्यसमा कुरै सुन्न नचाहेपछि वार्ता विनानिश्कर्ष टुग्गिएको नेताहरुको भनाइ छ ।
ओलीले पार्टी मिलाउने, संसदका विषयमा अदालतले गर्ने फैसला पछि पनि पार्टी निर्णय अनुसार निशर्त नेपाल समुह हिडनुपर्ने जसरी कुरा राखेको स्रोतको भनाई छ ।
तर नेपालले भने निशर्त ओलीसँगको सम्वाद मिलाउने भन्दा पनि सरकार र पार्टी सञ्चालन लगायतका विषयमा पावर सेयरिङकै तहमा सहमति , सम्झौता खोजेका थिए । तर त्यसमा ओलीले कुरै सुन्न चाहेनन । नेपालले पावर सेयरिङको विषय उठाएपछि भने ओलीले सर्वोच्चमा पुगेर गरेको हस्ताक्षरको विषय फेरि दोहोर्याएर उठाएका थिए ।
ओली कमरेड निशर्त माधव नेपाल समुहले आफुलाई सहयोग गर्नुपर्छ भने जसरी मात्र आउनुभयो, त्यसैकारण कुरा मिल्दै मिलेन, नेपाल निकट स्रोतले भन्यो ।
त्यसपछि भने ओली पक्षका नेताहरुले छलफलमा उठेका विषयमा कुनै प्रतिक्रिया नदिई हिडेका थिए ।
ओली र नेपालले पनि छलफलस्थलबाट कुनै प्रतिक्रिया नदिइ हिडेका थिए ।
तर अन्य नेताहरुले भने छलफल सकारात्मक भएको दावी गरेका थिए । कार्यदल स्तरमा भोलि छलफल भएर मिल्ने उनीहरुले दावी गरेपनि बुधबार साझ ओली र नेपालकोबीचको सम्वाद मिठासपूर्ण नरहेको स्रोतको भनाइ छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया