बाँकेमा पानी नपर्दा धान रोपाई रोकियो

बाँके । बाँकेमा एक साता देखि पानी नपर्दा धान रोपाई रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेत सम्म नपुगेकोले धान रोपाई रोकिएको हो । नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिचाई गर्दा प्रति घण्टा ४ सय रुपैयाँदेखि ५ सय रुपैयाँ खर्च किसानहरुले व्यहोर्नु परेको छ ।
बाँके र बर्दिया जिल्लामा अहिलेसम्मकै छिटो समयमा किसानहरुले धान रोपाई गर्न शुरु गरेका थिए । बाँकेका किसानहरुले आकाशे पानीको भरमा धान रोपाई गर्ने गरेका छन् । तर असारको १५ गतेदेखि बाँके र बर्दियामा पानी नपर्दा किसानहरुले धान रोपाई रोक्नुपरेको छ ।
हालसम्म बाँकेमा ६० प्रतिशत खेतमा मात्र धान रोेपाई भइसकेको छ भने अझै ४० प्रतिशतमा रोपाईँ गर्न बाँकी छ । त्यस्तै बर्दियाका २० प्रतिशत खेतहरुमा पानीका कारण धान रोपाई नहुदाँ किसानहरु चिन्तामा परेका छन् । बाँकेमा सिक्टा नहर र बर्दियाको बबाई नहर भएपनि खेत–खेत सम्म नपुगेकोले किसानहरु महाँगो लगानी गरेर रोपाई गर्न बध्य भएका छन् । एकातिर धान रोपाई गर्न सकेका छैनन् भने अर्को तिर रोपाई गरेका धानहरुपनि पानी नपाएर सुकन थालेको किसान चेतराम सोनकारले बताए ।
छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सक्किन लागेको छ । सिक्टा नहर भएपनि त्यसको अझैपनि पुर्णरुपमा निर्माण हुन सकेको छैन । नहरको शाखा भए पनि खेतमा पानी लैजाने नाला नभएका कारणले नहरमा पानी हुँदाहुदै पनि धान रोपाई गर्न नसकेको किसानहरुको दुखेसो छ ।
मनसुन छिट्टै शुरु हुन लागेकोले धान रोपाई पनि छिटो नै गर्ने सोच बनाएको किसानहरुको भनाई छ । तर असार १५ लागेसँगै बाँकेका अधिकंश क्षेत्रहरुमा पानी नपर्दा खेत सुख्खा भएका छन् । समयमा धान रोपाई गर्न नसक्दा उत्पादन पनि कम हुने पिरलो किसानहरुमा छ । सरकारले कृषिमा अर्बौको लगानी गरेको भएपनि खेतमा अझ पनि पानी पुग्न नसकेको किसानहरु बताउँछन् ।
एक साता देखि पानी नपर्दा खेत सुख्खा बनेका छन् भने धान रोपाई हुन सकेको छैन । रोपिसकिएका धान पनि पानिको अभावका कारण सुक्न थालेका छन् । किसानलाई रोपाई ढिलो हुँदा उत्पादन घट्ने चिन्ता पनि छ । सरकारले खेतियोग्य जमिनमा सिचाईको व्यवस्था मिलाउन चासो नदेखाएको स्थानीयले बताउने गरेका छन् ।









पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा
प्रधानमन्त्रीसँग छलफल गर्न एमाले नेताहरु बालुवाटारमा
एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा : डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफर
राजनीतिक दलसहित सबै पक्षलाई सहमतिमै लगेर निर्वाचन सम्पन्न गर्छाैं : मन्त्री अर्याल
पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोंगफेंग मोटरको नयाँ यात्रा सुरु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रतिक्रिया