श्रमीकको ज्याला अवैध रुपमा असुली गर्ने कार्की विरुद्ध उजुरी

काठमाडौं । धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका–२ मा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक लालबहादुर कार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी परेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यगर्ने २७ श्रमिकहरुले संयोजक कार्की विरुद्ध उजुरी दिएको हो । रोजगार कार्यक्रममा कार्यरत २७ श्रमीकहरुले आफ्नो ज्याला अवैध रुपमा असुलेको भन्दै कार्की विरुद्ध उजुरी दर्ता गरेको हो ।
वडाका ४७ जना श्रमिक कार्यरत छन् कार्यरत मध्यका २७ जनासँग रकम भुक्तानी दिएसँगै जबरजस्ती रकम मागी ठगी गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयका उजुरी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले मेरोन्युजलाई बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजकले नै खाईदिए श्रमिकको ज्याला
मजदुरहरूसँग ७ हजारदेखि २२ हजर रुपैयाँसम्म स्थानीय ५० वर्षीय लालबहादुर कार्कीले असुली गरेपछि आफूहरूले न्याय माग्न आएको उजुरीमा खुलाईएको छ । एसपी महेन्द्र खड्काले यस विषयमा अनुसन्धान भईरहेको बताए ।










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया