पारिवारीक रिसिबीले साढे ३ वर्षीय बालकको हत्या, दिदी सहित २ किशोरी पक्राउ
दिदी नाता पर्नेले हत्या गरेको प्रहरी निष्कर्ष

काठमाडौं । बुधबार टीकापुर नगरपालिका–४ बागमारास्थित जमरा कुलोको किनारमा मृत अवस्थामा फेला परेका कैलालीको टिकापुर नगरपालिका १ का साढे तीन वर्षीय बालकको आफ्नै दिदी नाता पर्नेले हत्या गरेको प्रहरीले जनाएको छ ।
गत सोमबारदेखि वेपत्ता रहेका बालक बुधबार मृत अवस्थामा फेला परेका थिए । बालकलाई पारिवारीक रिसिबीका कारण आफ्नै दिदी पर्ने १५ वर्षीय किशोरीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पारीवारीक रिसिबी र डाहाका कारण आरोपी १५ वर्षीय किशोरीले बालकलाई मार्ने योजना बनाई जामुन खाने निहुँमा जमरा कुलोको डिलबाट धकेलेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आरोपी १५ वर्षीय किशोरीले जामुन खाएर फर्किने बेला उनलाई सडकमै छोडेर साथीको घर गएको तर फर्किनेबेला त्यहाँ नभेटेको किशोरीले बताउँदै आएकी थिइन् । प्रहरीले उनीमाथी निगरानी राख्दै आएको थियो ।
बालकले खुट्टामा लगाएको चाँदीको बाला बजारमा लगेर बेच्न खोजेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आफुले हत्या गरेको स्विकारेकी हुन् ।
जामुन खाने बाहनामा जमरा कुलोको किनारमा लगेर खुट्टाको बाला झिकेर धकालेको १५ वर्षीय अभियुक्त किशोरीले बयानमा बताएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले १५ वर्षीय किशोरीसँगै अनुसन्धानमा संलग्न उनको १४ वर्षीय साथिलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बताईएको छ ।
सोमबार दिदी नाता पर्ने १५ वर्षीया किशोरीसँग घर नजिकै जामुन खान गएका बेला बालक बेपत्ता भएपछि खोजीका लागि मृतक विष्टका बाबु दिलिप विष्टले प्रहरीमा निवेदन दिएका थिए ।
बालक हराएको सुचना प्राप्त हुनासाथ प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बालको खोजी कार्य सुरु गरेको थियो ।
प्रहरीले मृतक बालकको शव बुधबार फेला पारेको थियो । प्रहरी घटनाको अनुसन्धानका लागि सुदुरपश्चिम प्रदेश कार्यालयबाट २ वटा स्निफडग र प्रहरीको विषेशज्ञ टोली खटाएको थियो ।
















ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया