ट्रम्पद्वारा अमेरिकी प्रबिधि कम्पनीविरुद्ध मुद्दा दायर

एजेन्सि । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले गुगल, ट्वीटर र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन् । गुगल, ट्वीटर र फेसबुकले ट्रम्पलाई प्रतिबन्ध लगाएको छ । त्यसैले उनले मुद्दा दायर गरेका हुन् । ट्रम्पले यी कम्पनीका सीईओहरुलाई विपक्षी बनाएका छन् ।
ट्रम्पले फ्लोरिडास्थित सङ्घीय अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा हाल्दै उनले आफ्नो कदमलाई अभिव्यक्ति स्वतन्त्रताका लागि राम्रो कदम भएको बताएका छन् । ट्रम्पले आफ्नो मुद्दामा सेन्सरसीपलाई रोक्न माग गरेका छन् ।
मुद्दा दायर गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले सामाजिक सञ्जाल कम्पनीहरू र सत्तारुढ डेमोक्र्याटहरूको आलोचना गरेका थिए । उनले भने, ‘हामी चुप लगाउनेलाई रोक्ने, कालो सूचीमा राख्ने र गालीगलौज गर्ने कामको अन्त्य होस् भन्ने चाहन्छौँ । यो तपाईँहरूलाई पनि थाहा छ । यदि उनीहरूले राष्ट्रपतिलाई प्रतिबन्ध लगाउन सक्छन् भने जोसुकैलाई त्यसो गर्न सक्छन् ।’
तर, कानूनी विज्ञहरुले ट्रम्प मुद्दाबारे आलोचना गरेका छन् ।
















4 killed, 8 injured in road accident in Pakistan’s Punjab
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद् द्वारा निन्दा
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया