मन्त्रिपरिषद् विस्तारबारे सर्वाेच्चलाई प्रधानमन्त्रीको जवाफ (पत्रसहित)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटन पछि पनि मन्त्रीपरिषद् विस्तार गर्नुपर्नाको कारणसहितको जवाफ सर्वाेच्च अदालतलाई वुझाएका छन् । उनले महान्यायधविक्ताको कार्यालयमार्फत लिखित रुपमा सर्वाेच्चलाइ जवाफ पठाएका हुन् ।
सर्वोच्चले प्रधानमन्त्रीसँग लिखित जवाफ माग गर्दै छलफलका लागि बोलाएको थियो । त्यस्तै अदालतले अन्तरिम आदेशमार्फत मन्त्रिपरिषद् विस्तार बदर गरेको थियो।
ओलीले कोभिड १९ का कारण मुलकु आक्रान्त भएको,मुलुकमा वाढी पहिरोले क्षति पुगेको, घोषित मितिमा प्रतिनिधीसभाको चुनाव गराउनुपर्ने अवस्था रहेको र त्यसलगत्तै स्थानिय तहको चुनावको तयारी गर्नुपर्ने भएकोले मन्त्रिपरिषद् विस्तार संविधानसम्मत भएको जिकिर प्रधानमन्त्रीले पत्रमा गरेका छन् ।
प्रधानमन्त्री ओलीले अदालतलाई १७ वुँदामा केन्द्रीत रहेर जवाफ दिएका छन् ।
प्रधानमन्त्रीले संविधानको धारा ७४ मा शासकिय स्वरुप सम्वन्धी ब्यवस्था रहेको र धारा ७५ मा नेपालको कार्यकारिणी अधिकार संविधान र कानुन वमोजिम मन्त्रिपरिषद्मा निहित रहेको तर्क गदै आफुले गरेको मन्त्रीपरिषद् विस्तार संविधानतसम्मत भएको जिकिर गरेका छन् ।
ओलीलाइ सर्वाेच्चले मन्त्रिपरिषद् विस्तारका विषयमा १५ दिनभित्र जवाफ वुझाउन आदेश गरेको थियो । तर प्रधानमन्त्री ओलीले कार्यब्स्तताका कारण उक्त म्याद गुज्रन गएकोले गुज्रेको म्याद सर्वाेच्च अदालतको नियम ५५ को उपनियम १ बमोजिम छुट्टै नियमद्दारा थामी पाएको म्याद भित्रै लिखित जवाफ वुझाएको उल्लेख गरेर पत्र लेखेका छन् । ओलीले अदालतको पत्र जेठ २६ गते वुझेका थिए ।
हेर्नुहोस पत्र














नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया