अमलेखगन्ज क्षेत्रमा खानेपानीकाे समस्या अन्त्य गर्न २ नं प्रदेश सरकारले विशेष याेजना बनाउने

पथलैया । प्रदेश नं २ का खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले खानेपानीको चरम अभाव झेलिरहेको बाराको अमलेखगञ्ज क्षेत्रमा खानेपानी पुर्याउन प्रदेश सरकारले विशेष योजना बनाउने बताएका छन् ।
पथलैयास्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे ट्यांकीकाे क्षमता विस्तारका लागि पहल गर्न पुगेको प्रदेशसभा सांसद शोभा लामासहितको टोलीसँग मन्त्री शर्माले अमलेखगञ्ज पथलैयामा निर्माण हुने ट्यांकीले अमलेखगञ्जका बासिन्दालाई समेत लाभ मिल्नेगरी योजना अघि बढाउन सुझाव दिए ।
मन्त्री शर्माले पाइलाइनमार्फत अमलेखगञ्जमा खानेपानी लैजाने बारे सम्भाव्यता अध्ययन गरी तत्काल काम अघि बढाउने प्रतिबद्धता गरेकाे नेपाली काँग्रेसका जीतपुरसिमरा नगर सभापति श्यामबाबु गुप्ताले जानकारी दिए ।
अमलेखगञ्जमा चुरेस्थित बिजौरा खोलाको मुहानबाट पानी संकलन गरि त्यहाँस्थित उद्योग कलकारखानालगायत ६४२ घरधुरीलाई पानी वितरण हुँदै आएको छ । बढ्दो जनसंख्या र सहरीकरणका कारण सो पानी पर्याप्त नहुँदा तत्काल अर्को विकल्प आवश्यक देखिएको छ । सो टोलीमा वडा नं १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ, पथलैया खानेपानी समितिका अध्यक्ष सुरेश लामा, सचिव मदन कंशाकारलगायतको सहभागिता थियो।
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया